भारतविरुद्ध इंग्ल्याण्ड : अश्विनले खेलको बिचमा आफ्नो नाम फिर्ता लिए
राजकोट । स्पिन बलर रवीचन्द्रन अश्विनले इंग्ल्याण्डविरुद्धको राजकोट टेस्टबाट आफ्नो नाम फिर्ता लिएका छन् । परिवारमा मेडिकल इमर्जेन्सीका कारण अश्विनले तत्कालै आफ्नो नाम फिर्ता लिएका हुन् ।
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाको ट्वीटमा अश्विनकी आमा बिरामी भएको खुलासा गरेका छन् । शुक्लाले आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
बीसीसीआईले ट्वीट गर्दै लेखेको छ, ‘यो गम्भीर अवस्थामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, टोलीका खेलाडी र कर्मचारीलगायत सबै सदस्यको अश्विन र उनको परिवारलाई पूर्ण समर्थन छ ।
बोर्डले लेखेको छ, ‘भारतीय बोर्ड र टोलीले यस्तो अवस्थामा अश्विनलाई सबै सुविधा उपलब्ध गराउने छ । आवश्यक परे त्यसका लागि अश्विनसँग वार्ता जारी रहनेछ । बीसीसीआईले फ्यान र अन्यलाई खेलाडी र उनीहरूको परिवारको गोपनीयता कायम राख्न अपिल गरेको छ, किनकि उनीहरू अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण