पोखरा म्याराथनका सबै पुरस्कार केन्याली धावकलाई
पोखरा । १८ औँ संस्करणको सफल पोखरा म्याराथनको तीनवटै पुरस्कार केन्याली धावकले जितेका छन् । पहिलो, दोस्रो र तेस्रो केन्याका धावक बने भने नेपाली धावक सान्त्वना भएका छन् । यो वर्षको उपाधि केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दुरी उनले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन् ।
अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए । आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् । दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते ।
उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् । नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । अघिल्लो वर्ष पनि पहिलो र दोस्रो उपाधि केन्याकै धावकले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण