आईसीसी विश्वकप लिग-२ क्रिकेट
राजवंशीलाई दोस्रो विकेट, नेदरल्यान्ड्सले चौथो विकेट गुमायो
शनिबार, ०५ फागुन २०८०, १० : ५३

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो ।
२७ रन बनाएका बास डी लिडे ललित राजवंशीको बलमा बोल्ड भए । यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आफ्नो शिकार बनाएका थिए ।
छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।
आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?
-
गण्डकीमा बजेट घट्ने
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड