कविता
व्यापारीहरूको सरकार
आइतबार, ०६ फागुन २०८०, ०९ : ५०
अब त व्यापारीहरूको आफ्नै
सरकार भएछ
यहाँउहाँ जहाँतहाँ जेमा पनि
व्यापार भएछ ।
एकचोटी डाक्टरको क्लिनिकमा गएँ
पटकपटक धाउने भएँ
थरीथरीका औषधी खाँदाखाँदै
औषधी नभए बिरामी पर्ने भएँ ।
सरकारी स्कुल अब स्कुलै रहेन
टाई लगाई बोर्डिङमा एस–नो भनियो
प्लस टु पढी सकिँदासम्म
बाउबाजेले आर्जेको सारा सकियो ।
बाउबाजेको थाप्लोको ऋण तिर्न
सर्टिफिकेट थन्काई पेटपाल्न हिँडियो
उच्च शिक्षा हासिल गर्ने धोको
खाडीको तातोमा आँसुसँगै बालियो ।
अब धान फल्ने खेत प्लटिङ गर्ने
व्यापारी ठेकेदार भएछ
लघुवित्त ऋणमा चर्र्काे ब्याजदरको
यो कस्तो व्यापार भएछ
परापूर्वदेखिको धर्म, संस्कृति, समाजमा
अब व्यापार छिरेछ
अब त व्यापारीहरूको आफ्नै
सरकार भएछ ।
(लस एन्जेलस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण