जागिरले बढाइरहेछ युवाहरूमा क्यान्सरको खतरा
काठमाडौँ । जागिर खानु अनि मानसिक तनाव नहुने यस्तो त हुँदै हुँदैन । जागिर भनेको नियमित आर्थोपार्जन मात्रै होइन तनावको अर्को स्रोत पनि हो । यही जागिरले युवाहरूको ज्यान धरापमा परेको छ । भारतको आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले गरेको एउटा अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार हरेक तीन मध्ये एक युवालाई जागिरकै कारण क्यान्सरको खतरा बढेको छ । एक तिहाइ जागिरे युवाहरू मेटाबोलिक सिन्ड्रोमले ग्रस्त भेटिए ।
के हो मेटाबोलिक सिन्ड्रोम ?
मेटाबोलिक सिन्ड्रोम कुनै रोग होइन । एउटा अवस्था हो । जसका कारण शरीरमा रोगको कारण बढ्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अनियन्त्रित कोलेस्ट्रल यी चार ओटैको संयुक्त रुपलाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । ४५ वर्षभन्दा कम उमेरका मानिसमा यो सिन्ड्रोम भेटिनुको अर्थ ६५ वर्ष वर्षसम्ममा उनीहरूमा क्यान्सरको जोखिम दुई गुणा बढ्नु हो । यसले मुटुसम्बन्धी रोगको खतरा त बढाउँछ नै क्यान्सर, स्ट्रोक जस्ता रोगको जोखिम बढाउँछ ।
कसरी गरिएको थियो अध्ययन ?
आईसीएमआरको मातहत रहेको राष्ट्रिय पोषण संस्थानले तीन ठुला आइटी कम्पनीमा काम गरिरहेका युवाहरूमाथि यो अध्ययन गरेको थियो । जसमा लगभग सबै कर्मचारीको उमेर ३० वर्षभन्दा कम थियो । आधा कर्मचारी अत्यधिक वजन वा पूरै मोटोपनाले ग्रस्त पाइएको थियो । १० मध्ये ६ मा एचडीएल अर्थात् कोलेस्ट्रलको स्तर धेरै भेटियो । यो भनेको भविष्यमा मुटुसम्बन्धी रोगको संकेत हो । ३ दशमलव ८९ प्रतिशतमा मोटोपनको समस्या भेटियो ।
किन बढिरहेको छ क्यान्सरको खतरा ?
अस्वस्थकर भोजन, अस्वस्थ जीवनशैली र काम गर्ने वातावरणका कारण युवाहरूमा मोटोपना वा अस्वस्थताको माहौल बढेको छ । यसबारेको अध्ययन प्रतिवेदन मेडिकल जर्नल एमडीपीआईमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण