मन्त्रिपरिषद् बैठक
आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
आइतबार, ०६ फागुन २०८०, १९ : ४२
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषद्को बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले रातोपाटीलाई जानकारी दिए ।
उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए ।
निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण