मन्त्रिपरिषद् बैठक
आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
आइतबार, ०६ फागुन २०८०, १९ : ४२

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषद्को बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले रातोपाटीलाई जानकारी दिए ।
उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए ।
निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार