भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने
सोमबार, ०७ फागुन २०८०, ११ : ५८
नयाँ दिल्ली । आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो ।
आव २०२२÷२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको थियो । अमेरिका र युरोप लगायत मुख्य बजारमा बृहत् आर्थिक सुस्तीका कारण माग घटेको छ । यस्तोमा भारतको आइटी उद्योगको रोजगारीको अवस्था पनि प्रभावित भइरहेको छ ।
भारतको आइटी सेवा उद्योगको आकार करिब २ खर्ब ५० अर्ब डलर बराबरको छ । कूलमध्ये ६० देखि ८० प्रतिशत आम्दानीको स्रोत उत्तर अमेरिका र युरोप हो । कोभिडको बेलामा आइटी क्षेत्रमा अति नै धेरै रोजगारी सृजना भयो । यतिबेला केही हदसम्म करेक्सन देखिन थालेको विश्लेषकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण