अफगानिस्तानविरुद्धको टी–२० सिरिज श्रीलङ्कालाई
काठमाडौँ । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलङ्काले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलङ्काले सिरिजमा २–० को अग्रता बनाउन सफल भयो ।
डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा सबै विकेट गुमाएर ११५ रनमा समेटिन पुग्यो ।
अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि पाथुम निसान्का र कुसल मेन्डिसले तीब्र गतिमा रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । चौथो ओभरमा ११ बलमा २५ रन बनाएका निसान्का आउट भएसँगै यो साझेदारी तोडिएको थियो । यसैगरी मेन्डिसले १४ बलमा २३ रन बनाए । धनञ्जय डि सिल्भाले १४ रन बनाएर १० औँ ओभरमा ८६ रनको स्कोरमा तेस्रो विकेटका रूपमा आउट भएका थिए ।
कप्तान वानिन्दु हसरङ्गाले सदिरा समराविक्रमासँग मिलेर ९ बलमा २२ रन बनाएर स्कोरलाई १०० भन्दा माथि पुर्याए । उनी टिमको स्कोर ११० भएका बेला आउट भएका थिए । चारिथ असालान्का मात्र ४ रन बनाएर आउट भए । त्यहाँबाट समरविक्रमलाई साथ दिन आएका एन्जेलो म्याथ्युजले छिटो रन बनाउने काम गरे । यी दुईले स्कोर १८० भन्दा माथि पुर्याएका थिए । समरविक्रमले ५१ रनको इनिङ खेले । योसँगै म्याथ्युजले २२ बलमा ४२ रन बनाएर नटआउट रहे । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई र मोहमद नावीले दुई दुई विकेट लिए ।
जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको इनिङ्स सुरुदेखि नै खस्कियो । ३१ रन बनाउँदा ५ विकेट गुमेको थियो । मोहम्मद नाबी र करिम जनातले छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै स्कोरलाई ७० पुर्याएका थिए । नाबीले १७ बलमा २७ रनको इनिङ खेले । जनातले २३ बलमा २८ रनको योगदान दिए । तल्लो क्रमका ब्याटर पनि लामो समय टिक्न सकेनन् र जसका कारण तीन ओभर बाँकी रहँदा अफगानिस्तान अलआउट भयो ।
श्रीलङ्काका लागि एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरंगा र माटिशा पाथिरानाले समान २–२ विकेट लिए । यी दुई सफलतासँगै हसरंगाले भने टी–२० मा १०० विकेटको आँकडा पनि पूरा गरेका छन् ।
पहिलो टी २० मा श्रीलङ्का ४ रनले विजयी भएको थियो भने अब अन्तिम टी २० बुधबार राति सवा सात बजे सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण