त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गिएको छैन: प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ ।
‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । बधाई दिएर भ्रम फैलाउने काम भएको छ’, मंगलबार बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘छिट्टै यसबारे निर्णय हुने नै छ । तर अहिलेसम्म केही भइसकेको छैन ।’
फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तापछि विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष सिफारिस भएको थियो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको लिडरसिप विश्वव्यापीरुपमा स्थापित हुँदा केही मान्छेलाई मन नपरेको जिकिर गरे । जसका कारण वर्तमान सरकार र नेतृत्वमाथि निरन्तर हमलाको प्रयास भइरहेको उनको भनाइ थियो । उनले गोर्खाको विकासमा अघिल्लो वर्ष त्यति ध्यान दिन नसकिएको स्वीकार्दै अब भने गति दिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण