हसारंगा टी–२० अन्तर्राष्ट्रियमा सय विकेट लिने दोस्रो श्रीलंकाली बलर
काठमाडौँ । श्रीलंकाका प्रभावशाली स्पिनर वानिन्दु हसारंगा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने दोस्रो श्रीलंकाली खेलाडी बनेका छन् । श्रीलंका र अफगानिस्तानबिचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
२६ वर्षीय हसारंगा टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने विश्वकै ११औँ बलर पनि बनेका छन् । यसअघि श्रीलंकाका लासिथ मालिंगाले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए । हसारंगाले सोमबार सम्पन्न अफगानिस्तानविरुद्ध दोस्रो खेलमा चार ओभरमा १९ रन खर्चिएर दुई विकेट लिएका थिए ।
उक्त खेलमा श्रीलंका ७२ रनले विजयी भएको थियो । जितसँगै घरेलु टोली श्रीलंकाले तीन खेलको शृंखलामा २–० को अग्रता पनि हासिल गरेको छ । हसारंगाले एलिट सूचिमा पनि आफ्नो नाम दर्ता गराएका छन् ।
प्रभावशाली लेग–स्पिनर हसारंगा श्रीलंकाको टी–२० टोलीका कप्तान पनि हुन् । टी–२० अन्तर्राष्ट्रियमा उनले लिएको विकेट सँख्या एक सय एक पुगेको छ । उनले सन् २०१९ को सेप्टेम्बर १ मा न्युजिल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
हसारंगाले हालसम्म ६३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन नौ रन दिएर चार विकेट हो । उनले टी–२० अन्तर्राष्ट्रियको ५३ पालीमा ६ सय २२ रन पनि बनाएका छन् । मालिंगाले भने टी–२० अन्तर्राष्ट्रियमा एक सय सात विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण