कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि
काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । कञ्चनपुरले मंगलबार खेलिएको फाइनल खेलमा बर्दियालाई ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो ।
पहिले ब्याटिङ गरेको दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बर्दिया नेत्रहीन क्रिकेट संघले भने २० ओभरमा चार विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो ।
कञ्चनपुरका लागि दुर्गादत्त पौडेलले एक सय ६ रन बनाएका थिए । सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । पदमबहादुर बडैला प्लेयर अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिता अवधिभरमा कुल तीन सय १२ रन बनाए । उनले चार विकेट पनि लिएका थिए ।
कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले नगरपालिको आगामी बजेटमा फरक क्षमता भएका खेलाडीहरुका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण