कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । कञ्चनपुरले मंगलबार खेलिएको फाइनल खेलमा बर्दियालाई ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो ।
पहिले ब्याटिङ गरेको दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बर्दिया नेत्रहीन क्रिकेट संघले भने २० ओभरमा चार विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो ।
कञ्चनपुरका लागि दुर्गादत्त पौडेलले एक सय ६ रन बनाएका थिए । सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । पदमबहादुर बडैला प्लेयर अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिता अवधिभरमा कुल तीन सय १२ रन बनाए । उनले चार विकेट पनि लिएका थिए ।
कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले नगरपालिको आगामी बजेटमा फरक क्षमता भएका खेलाडीहरुका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा