विश्वकपको फाइनलमा निर्णायक गोल गर्ने जर्मन फुटबलर ब्रेहमको निधन
काठमाडौँ । फाइनल खेलमा निर्णायक गोल गर्दै जर्मनीलाई विश्वकप फुटबलको उपाधि चुमाउने प्रभावशाली खेलाडी एन्ड्रियस ब्रेहमको निधन भएको छ । उनको ६३ वर्षको उमेरमा मंगलबार निधन भएको समाचारमा जनाइएको छ ।
उनले सन् १९९० को फिफा विश्वकपको फाइनलमा जर्मनीका लागि निर्णायक गोल गरेका थिए । उक्त विश्वकपको फाइनलमा तत्कालीन पश्चिम जर्मनीले बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १–० गोलले हराएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ८५औँ मिनेटमा ब्रेहमले पेनाल्टीमार्फत गोल गरेका थिए । ब्रेहम आफ्नो समयका प्रभावशाली डिफेन्डर थिए । उनले जर्मनीका लागि ८६ खेल खेलेर आठ गोल गरेका थिए । उनले जर्मन क्लब बायर्न म्युनिख, काइजरस्लाउटर्न, इटालियन क्लब इन्टर मिलान, स्पेनिस क्लब रियल जारागोजा लगायतबाट व्यवसायी फुटबल खेलेका थिए ।
ब्रेहमले बायर्न म्युनिख, काइजरस्लाउटर्न र इन्टर मिलानलाई त घरेलु लिगको उपाधि पनि चुमाएका थिए । ‘ब्रेहमको निधनको अप्रत्यासित खबरले हामी स्तब्धः भएका छौँ । हामी आफ्ना पूर्वखेलाडीप्रति हार्दिक श्रृद्धाञ्जली अर्पण गर्दछौँ,’ बायर्न म्युनिखले भनेको छ ।
ब्रेहमले काइजरस्लाउटर्नबाट सन् १९८१ देखि सन् १९८६ सम्म तथा सन् १९९३ देखि सन् १९९८ सम्म व्यवसायी फुटबल खेलेका थिए । उनले क्लबलाई सन् १९९८ मा बुन्डेस लिगा र सन् १९९६ मा जर्मन कपको उपाधि चुमाएका थिए । उनी सन् २००० देखि सन् २००२ सम्म काइजरस्लाउटर्नको प्रशिक्षक पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण