काठमाडौँ । लघुवित्त तथा सहकारी पीडितले आज बालुवाटारमा प्रदर्शनी गरेका छन् । उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन । फागुन ६ गते काठमाडौँ आएका उनीहरू न्याय नपाए सम्म नफर्कने घोषणा गरेका छन् ।
_nreEgbgZNA.jpg)
लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
_NII5bpLi7D.jpg)
छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए ।
_DnmhfBX9P7.jpg)
_hkG7fDVrrX.jpg)
_636KsUI2NG.jpg)
_cUN9VnFB9f.jpg)
_sjdV9tm6dq.jpg)
_ZYqlRrSu3E.jpg)
_8LELprQnPs.jpg)
_70YBe7brQH.jpg)
_FiE1M7lGAn.jpg)
_hpBk37Gn4q.jpg)
प्रतिक्रिया