बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बालुवाटार पुगे लघुवित्त पीडित, तस्बिरहरू
फोटोफिचर

बालुवाटार पुगे लघुवित्त पीडित, तस्बिरहरू

बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । लघुवित्त तथा सहकारी पीडितले आज बालुवाटारमा प्रदर्शनी गरेका छन् । उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन । फागुन ६ गते काठमाडौँ आएका उनीहरू न्याय नपाए सम्म नफर्कने घोषणा गरेका छन् ।

laghubitta pidi (1)

लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

laghubitta pidi (2)

छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए ।

laghubitta pidi (3)laghubitta pidi (4)laghubitta pidi (5)laghubitta pidi (6)laghubitta pidi (7)laghubitta pidi (8)laghubitta pidi (9)laghubitta pidi (10)laghubitta pidi (11)laghubitta pidi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया