राजसंस्था र हिन्दुराज्य माग्दै राप्रपाले पोखराबाट प्रधानमन्त्रीलाई पठायो ज्ञापन पत्र
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राजसंस्था र हिन्दुराज्यको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गण्डकी प्रदेश र कास्की जिल्ला कार्यसमितिले ४० बुँदे माग पत्र प्रधानमन्त्रीलाई पठाएको छ । प्रदेश अध्यक्ष पञ्चराम गुरुङले प्रदेश प्रमुख मार्फत र जिल्ला अध्यक्ष नारायण गुरुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाइएका हुन् ।
संवैधानिक राजसंस्था, वैद्धिक सनातन हिन्दु राज्य, प्रदेश संरचना खारेजी लगायतको माग राप्रपाको छ । यस्तै, प्रलोभनपूर्ण धर्म परिवर्तन गर्ने काममा रोक लगाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा बढी जनप्रतिनिधि र कर्मचारी कटौती, सरकारी कर्मचारी तथा पेसागत दलीय भातृ संगठनको खारेज, २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिएको छ ।
राप्रपाले सहकारीका बचतकर्ताको बचत सुरक्षाको प्रत्याभूति र राहत प्याकेज घोषणा गर्नुपर्ने, वित्तीय संस्थाको ब्याजदर एक अंकमा झार्नुपर्ने, निर्माण व्यवसायीको बक्यौता भुक्तानी तत्कालै गर्नुपर्ने, युवालाई देशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, पूर्वाधार निर्माण गर्दा सय वर्ष पछिको अवस्थालाई मूल्याङ्कन गर्नुपर्ने लगायत माग पनि उठाएको छ ।
राप्रपाले ज्ञापन पत्र बुझाउन जाँदा ¥याली निकालेको थियो । पृथ्वी चोकबाट सिर्जनाचोक, रत्नचोक हुँदै सहिदचोकसम्म ¥याली निकालिएको जिल्ला अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘देशको अवस्था दयनीय भइसक्यो । राज्य सञ्चालकहरू वास्ता नगरी बस्छन्,’ उनले भने, ‘तत्कालै संवैधानिक राजतन्त्रको व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने गरी संविधान संशोधन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण