एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित, उच्च अदालतको फैसला नै अन्तिम रहेको सर्वोच्चको पत्र
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा जेल जाने निश्चित निश्चित भएको छ । सर्वोच्च अदालतले दावा लामाको पुनरावेदन नभएको पत्र दिएसँगै लामा जेल जाने निश्चित भएका हुन् ।
सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको हो । काठमाडौँ जिल्ला अदालतको पत्रको जवाफ दिँदै सर्वोच्चले अभिलेखमा पुनरावेदनको निवेदन नपाइएको उल्लेख गरेको हो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानैपर्ने निश्चित भएको छ ।
लागूऔषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागूऔषधको कारोबार गरेको ठहर गर्दै उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसला कार्यन्वयन नभई लगतमा रहेको पाइएको छ ।
रातोपाटीले गत माघ १६ गते दावा लामा फरार अपराधी रहेकोबारे समाचार प्रकाशन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण