एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित, उच्च अदालतको फैसला नै अन्तिम रहेको सर्वोच्चको पत्र

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा जेल जाने निश्चित निश्चित भएको छ । सर्वोच्च अदालतले दावा लामाको पुनरावेदन नभएको पत्र दिएसँगै लामा जेल जाने निश्चित भएका हुन् ।
सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको हो । काठमाडौँ जिल्ला अदालतको पत्रको जवाफ दिँदै सर्वोच्चले अभिलेखमा पुनरावेदनको निवेदन नपाइएको उल्लेख गरेको हो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानैपर्ने निश्चित भएको छ ।
लागूऔषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागूऔषधको कारोबार गरेको ठहर गर्दै उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसला कार्यन्वयन नभई लगतमा रहेको पाइएको छ ।
रातोपाटीले गत माघ १६ गते दावा लामा फरार अपराधी रहेकोबारे समाचार प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा इन्टरले नापोलीसँग घटायो अंकदुरी
-
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
-
काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
आज सूर्यनारायणको बार कुन राशिलाई कति फलदायी ?
-
प्रिमियर लिगमा बर्नमथसँग हार्यो आर्सनल
-
२८ वर्षपछि सडक कालोपत्रे