रोनाल्डोको गोलसँगै अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
बिहीबार, १० फागुन २०८०, १० : ०१

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासर एएफसी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ टोलीबिचको भिडन्तको दोस्रो लेग खेलमा अल नासरले अल फेहालाई २–० गोलले हरायो ।
उक्त नतिजासँगै अल नासर ३–० कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो । यसअघि खेलिएको पहिलो लेग खेलमा पनि अल नासर १–० गोलले विजयी भएको थियो ।
दोस्रो लेग खेलमा अल नासरले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १७औँ मिनेटमा अल नासरका लागि ओताभियोले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि कप्तान रोनाल्डोले अल नासरका लागि दोस्रो गोल थपेका थिए ।
अल नासरले प्रतियोगिताको क्वार्टरफाइनलमा अल आइनको सामना गर्नेछ । क्वार्टरफाइनलको पहिलो लेग खेल मार्च ४ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी