रोनाल्डोको गोलसँगै अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
बिहीबार, १० फागुन २०८०, १० : ०१
काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासर एएफसी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ टोलीबिचको भिडन्तको दोस्रो लेग खेलमा अल नासरले अल फेहालाई २–० गोलले हरायो ।
उक्त नतिजासँगै अल नासर ३–० कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो । यसअघि खेलिएको पहिलो लेग खेलमा पनि अल नासर १–० गोलले विजयी भएको थियो ।
दोस्रो लेग खेलमा अल नासरले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १७औँ मिनेटमा अल नासरका लागि ओताभियोले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि कप्तान रोनाल्डोले अल नासरका लागि दोस्रो गोल थपेका थिए ।
अल नासरले प्रतियोगिताको क्वार्टरफाइनलमा अल आइनको सामना गर्नेछ । क्वार्टरफाइनलको पहिलो लेग खेल मार्च ४ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण