जमाएर राखिने भ्रूणलाई पनि शिशु मान्ने फैसला, अमेरिकी अस्पतालले रोक्यो आईभीएफ
वाशिङटन डीसी । अमेरिकाको एक अस्पतालले आईभीएफ सेवा रोकेको छ । दक्षिण अमेरिकी राज्य अलाबामाको सर्वोच्च अदालतले जमाएर राखिने भ्रूणलाई पनि शिशु नै मान्दै अनजानमा वा झुक्किएर भ्रूण नष्ट हुँदा पनि व्यक्ति जिम्मेवार रहने भन्ने फैसला सुनाएपछि अमेरिकामा नयाँ बहस छेडिएको हो ।
यसै विवादबिच अलबामाको सबैभन्दा ठुलो अस्पतालले आईभीएफ अर्थात् इन–भिट्रो फर्टिलाइजेशन सेवा रोकेको छ । सेवा जारी राख्दा आफूमाथि फौजदारी मुद्दा लाग्ने भयबिच अस्पतालले सो निर्णय गरेको हो । ब्रिमिङगम हेल्थ सिष्टमस्थित अलाबामा विश्वविद्यालयका अनुसार महिलाहरूको पाठेघरबाट अण्डा भनेर झिकेर राख्ने काम जारी रहनेछ ।
तर आईभीएफका अन्य प्रक्रिया भने रोकिनेछ । अदालतको यो निर्णयले अलाबामा वा अन्यत्र प्रजनन उपचारमा नकारात्मक असर पार्न सक्ने चेतावनी मेडिकल विज्ञहरूले दिन थालेका छन् । रुढीवादी समूहहरूले भने यो फैसलाको स्वागत गरेका छन् । यो सन् २०२० मा एउटा प्रजनन क्लिनिकमा आफूहरूले दिएको भ्रूण हराएको भन्दै तीन जोडीले मुद्दा दायर गरेपछिको नतिजा हो ।
भ्रूण राखेको ठाउँमा एक बिरामी हिँडेपछि भ्रूण राखिएको भाडा खसेर त्यसपछि राखिएका भ्रूण नष्ट भएका थिए । यो फैसलाले आईभीएफमा प्रतिबन्ध वा बन्देज लगाएको छैन । तर फैसलाले आईभीएफबारे द्विविधा उत्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण