मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनको कुकुरले सेक्रेट सर्भिस एजेन्टलाई टोकेर हैरान

बिहीबार, १० फागुन २०८०, १३ : ३१
बिहीबार, १० फागुन २०८०

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले सेक्रेट सर्भिस एजेन्टहरूलाई टोकेर हैरान बनाएको छ । नयाँ दस्ताबेजका अनुसार ‘कमान्डर’ नामक गरेको उक्त जर्मन शेफर्डले कम्तीमा पनि २४ पटक एजेन्टहरूलाई टोकेको थियो । 

घरपालुवा कुकुर राष्ट्रपतिका सुरक्षाकर्मीका लागि अराजक बनेको छ । एक जना वरिष्ठ एजेन्टले कुकुरले टोक्नुको अर्थ सेक्रेट सर्भिसले रणनीति फेरेको रूपमा अर्थ्याउँदै कुकुरलाई प्रशस्तै ठाउँ चाहिएको भन्दै जिस्याएका थिए ।

कुकुरलाई ह्वाइट हाउसबाट हटाउनुभन्दा कयौँ महिना अघि सो चेतावनी आएको थियो । यूएस सेक्रेट सर्भिसका यी रेकर्डलाई अनलाइनमा पोस्ट समेत गरिएको थियो । दस्ताबेजका अनुसार सन् २०२२ को अक्टोबरदेखि सन् २०२३ को जुलाईको बिचमा कुकुरले टोकेका कम्तीमा पनि २४ घटना देखिएका छन् । कुकुरले बाइडेनका सुरक्षाकर्मीहरूलाई पाखुरा, हत्केला, कुहिनो, कम्मर, छाती, फिला र काँधमा टोकेको थियो ।

यसमा कमान्डरहरूलाई कुकुरले टोकेका घटनाहरू राखिएका छैन । न त ह्वाइट हाउसमा काम गर्ने वा मेरिल्यान्डको क्याम्प डेभिडका कर्मचारीबारे उल्लेख गरिएको छ । बाइडेनको परिवारले पालेको कुकुरलाई गएको वर्ष अक्टोबरमा ह्वाइटहाउसबाट बाहिर पठाइएको थियो । कुकुरले टोकेकै कारण एक जना एजेन्टको अस्पतालमै उपचार गर्नु परेपछि कुकुरलाई ह्वाइट हाउसबाट हटाइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप