जो बाइडेनको कुकुरले सेक्रेट सर्भिस एजेन्टलाई टोकेर हैरान
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले सेक्रेट सर्भिस एजेन्टहरूलाई टोकेर हैरान बनाएको छ । नयाँ दस्ताबेजका अनुसार ‘कमान्डर’ नामक गरेको उक्त जर्मन शेफर्डले कम्तीमा पनि २४ पटक एजेन्टहरूलाई टोकेको थियो ।
घरपालुवा कुकुर राष्ट्रपतिका सुरक्षाकर्मीका लागि अराजक बनेको छ । एक जना वरिष्ठ एजेन्टले कुकुरले टोक्नुको अर्थ सेक्रेट सर्भिसले रणनीति फेरेको रूपमा अर्थ्याउँदै कुकुरलाई प्रशस्तै ठाउँ चाहिएको भन्दै जिस्याएका थिए ।
कुकुरलाई ह्वाइट हाउसबाट हटाउनुभन्दा कयौँ महिना अघि सो चेतावनी आएको थियो । यूएस सेक्रेट सर्भिसका यी रेकर्डलाई अनलाइनमा पोस्ट समेत गरिएको थियो । दस्ताबेजका अनुसार सन् २०२२ को अक्टोबरदेखि सन् २०२३ को जुलाईको बिचमा कुकुरले टोकेका कम्तीमा पनि २४ घटना देखिएका छन् । कुकुरले बाइडेनका सुरक्षाकर्मीहरूलाई पाखुरा, हत्केला, कुहिनो, कम्मर, छाती, फिला र काँधमा टोकेको थियो ।
यसमा कमान्डरहरूलाई कुकुरले टोकेका घटनाहरू राखिएका छैन । न त ह्वाइट हाउसमा काम गर्ने वा मेरिल्यान्डको क्याम्प डेभिडका कर्मचारीबारे उल्लेख गरिएको छ । बाइडेनको परिवारले पालेको कुकुरलाई गएको वर्ष अक्टोबरमा ह्वाइटहाउसबाट बाहिर पठाइएको थियो । कुकुरले टोकेकै कारण एक जना एजेन्टको अस्पतालमै उपचार गर्नु परेपछि कुकुरलाई ह्वाइट हाउसबाट हटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण