भारतमा मूल्य घटेका गाडीहरू नेक्सन र टियागोको मूल्य नेपालमा नघट्ने
बिहीबार, १० फागुन २०८०, १३ : ४२
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागो टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ ।
टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरू नाडा अटो शोदेखि नै “इन्ट्रोडक्टरी“ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ । यसबिचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मूल्य यथाबत नै रहने जनाइएको छ ।
अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण