आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मूल्य घटेका गाडीहरू ­ नेक्सन र टियागोको मूल्य नेपालमा नघट्ने

बिहीबार, १० फागुन २०८०, १३ : ४२
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागो टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ । 

टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरू नाडा अटो शोदेखि नै “इन्ट्रोडक्टरी“ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ । यसबिचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मूल्य यथाबत नै रहने जनाइएको छ ।  

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप