च्याट जीपीटीको मुड खराब : प्रयोगकर्तालाई अनौठो जवाफ दियो, कम्पनीले भन्यो– अनुसन्धान गरिरहेका छौँ

काठमाडौँ । सुख्खा, चर्को घाम र उराठलाग्दो वातावरणमा प्रायः मान्छेलाई लाई दिक्क लाग्छ । आफूलाई मन नपर्ने व्यक्ति, चिज वा स्थिति – मान्छे पिच्छे मुड खराब गराउने कयौँ तत्त्व हुन्छन् । यो मानवीय गुण नै हो । कहिलेकाहीँ रोबोटको पनि दिमाग खराब हुन सक्छ । तपाईँले कहिले कृत्रिम बौद्धिकता (एआई)को मुड खराब भएको सुन्नु भएको छ ?
बुधबार दुनियाँको सबैभन्दा लोकप्रिय एआई टुल च्याट जीपीटीले अनौठो व्यवहार गर्यो । च्याटजीपीटीको यस्तो व्यवहार देखेर युजरहरू पनि छक्क परेका थिए । युजरहरूले च्याटजीपीटीले दिएको जे पायो त्यही जवाफलाई रेडिट र एक्समा शेयर गरेका छन् । एक रेडिट युजरको दाबी अनुसार लामो च्याटिङ भइरहेको बेलामा च्याटजीपीटीले एक्कासी स्पेनी भाषामा कुरा गर्न थाल्यो ।
अचम्मको कुरा चाँहि के थियो भने युजर अंग्रेजी भाषामा बोलिरहेका थिए । त्यसपछि च्याटजीपीटीले अनौठो जवाफ दिन थाल्यो । युजरले गणितको एउटा प्रश्नको उत्तर सोधेर जाभा स्क्रिप्टको एउटा बगलाई फिक्स गर्न भनेका थिए । तर यसको उत्तरमा च्याट जीपीटीले यस्तो भन्यो, ‘अहिले तिम्रो साथको कोठामा छु ।’
के भन्छ ओपनएआई ?
च्याटजीपीटी एआई कम्पनी ओपनएआईको प्रडक्ट हो । च्याटजीपीटीको हर्कतमा ओपनएआईले यस घटनालाई नजिकबाट नियालिरहेको र कुन बगका कारण यस्तो भयो भनेर अनुसन्धान भइरहेको बताएका छन् । अहिले भने च्याटजीपीटीमा कुनै समस्या छैन । यो कसरी भयो भन्ने कुरा कम्पनीले केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि