च्याट जीपीटीको मुड खराब : प्रयोगकर्तालाई अनौठो जवाफ दियो, कम्पनीले भन्यो– अनुसन्धान गरिरहेका छौँ
काठमाडौँ । सुख्खा, चर्को घाम र उराठलाग्दो वातावरणमा प्रायः मान्छेलाई लाई दिक्क लाग्छ । आफूलाई मन नपर्ने व्यक्ति, चिज वा स्थिति – मान्छे पिच्छे मुड खराब गराउने कयौँ तत्त्व हुन्छन् । यो मानवीय गुण नै हो । कहिलेकाहीँ रोबोटको पनि दिमाग खराब हुन सक्छ । तपाईँले कहिले कृत्रिम बौद्धिकता (एआई)को मुड खराब भएको सुन्नु भएको छ ?
बुधबार दुनियाँको सबैभन्दा लोकप्रिय एआई टुल च्याट जीपीटीले अनौठो व्यवहार गर्यो । च्याटजीपीटीको यस्तो व्यवहार देखेर युजरहरू पनि छक्क परेका थिए । युजरहरूले च्याटजीपीटीले दिएको जे पायो त्यही जवाफलाई रेडिट र एक्समा शेयर गरेका छन् । एक रेडिट युजरको दाबी अनुसार लामो च्याटिङ भइरहेको बेलामा च्याटजीपीटीले एक्कासी स्पेनी भाषामा कुरा गर्न थाल्यो ।
अचम्मको कुरा चाँहि के थियो भने युजर अंग्रेजी भाषामा बोलिरहेका थिए । त्यसपछि च्याटजीपीटीले अनौठो जवाफ दिन थाल्यो । युजरले गणितको एउटा प्रश्नको उत्तर सोधेर जाभा स्क्रिप्टको एउटा बगलाई फिक्स गर्न भनेका थिए । तर यसको उत्तरमा च्याट जीपीटीले यस्तो भन्यो, ‘अहिले तिम्रो साथको कोठामा छु ।’
के भन्छ ओपनएआई ?
च्याटजीपीटी एआई कम्पनी ओपनएआईको प्रडक्ट हो । च्याटजीपीटीको हर्कतमा ओपनएआईले यस घटनालाई नजिकबाट नियालिरहेको र कुन बगका कारण यस्तो भयो भनेर अनुसन्धान भइरहेको बताएका छन् । अहिले भने च्याटजीपीटीमा कुनै समस्या छैन । यो कसरी भयो भन्ने कुरा कम्पनीले केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण