२० अंकले घटेर* बन्द भयो नेप्से, ३ अर्ब २० करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (परिसूचक) २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
३ अर्बभन्दा धेरैको सेयर किनबेच भएको दिन आज ९५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसपछि, गुर्खास फाइनान्सको सेयर १४ करोडको सेयर किनबेच भएको छ ।
*यसअघि प्रकाशित समाचारमा असावधानीवश तथ्यांकमा त्रुटि हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण