सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२० अंकले घटेर* बन्द भयो नेप्से, ३ अर्ब २० करोडको कारोबार

बिहीबार, १० फागुन २०८०, १६ : १४
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (परिसूचक) २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

३ अर्बभन्दा धेरैको सेयर किनबेच भएको दिन आज ९५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसपछि, गुर्खास फाइनान्सको सेयर १४ करोडको सेयर किनबेच भएको छ ।

*यसअघि प्रकाशित समाचारमा असावधानीवश तथ्यांकमा त्रुटि हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप