केन्द्रीय समितिले अन्तिम रुप दिनेगरी महासमिति बैठकबाट प्रस्तावहरु पारित

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका प्रस्तावहरु पारित भएका छन् । तर हलबाट प्राप्त सुझावलाई समेटेर प्रस्तावलाई अन्तिम रुप दिने अधिकार केन्द्रीय समितिलाई दिइएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन गोदावरीस्थित महासमिति बैठक हलले बिहीबार पारित गरेको घोषणा गरेको हो । यस्तै थप दुई प्रतिवेदन पनि पारित भएका छन् ।
महामन्त्री थापाले प्रस्तावहरु पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए । यससँगै अब कांग्रेस केन्द्रीय समितिले अन्तिम रुप दिएर प्रस्तावलाई अनुमोदन गर्ने छ ।
मुख्यतः महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव हलबाट आएको थियो । यस्तै पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने पनि अधिकांश समूहको निष्कर्ष रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत