केन्द्रीय समितिले अन्तिम रुप दिनेगरी महासमिति बैठकबाट प्रस्तावहरु पारित
ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका प्रस्तावहरु पारित भएका छन् । तर हलबाट प्राप्त सुझावलाई समेटेर प्रस्तावलाई अन्तिम रुप दिने अधिकार केन्द्रीय समितिलाई दिइएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन गोदावरीस्थित महासमिति बैठक हलले बिहीबार पारित गरेको घोषणा गरेको हो । यस्तै थप दुई प्रतिवेदन पनि पारित भएका छन् ।
महामन्त्री थापाले प्रस्तावहरु पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए । यससँगै अब कांग्रेस केन्द्रीय समितिले अन्तिम रुप दिएर प्रस्तावलाई अनुमोदन गर्ने छ ।
मुख्यतः महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव हलबाट आएको थियो । यस्तै पार्टीको आगामी महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने पनि अधिकांश समूहको निष्कर्ष रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण