आइफोनमा खुलिरहेका सबै एप एकैसाथ यसरी गर्नुस् बन्द
काठमाडौँ । एन्ड्रोइड फोनमा ब्याकग्राउन्डमा चलिरहेका एपहरू एकैसाथ बन्द गर्न निकै सजिलो छ । तर आइफोनमा यसो गर्न अलि समस्या हुन्छ, गाह्रो हुन्छ आजको यस लेखमा रिपोर्टमा आईफोनमा खुलिरहेका सबै एपहरू कसरी बन्द गर्ने भन्ने विषयमा कुराकानी गर्न लागेका छौँ ।
खासमा भन्ने हो भने सबै एपहरू एकै पटक बन्द गर्न मिल्ने आईफोनमा त्यस्तो कुनै सुविधा छैन । तर केही ट्रिकका मद्दतले यस्तो गर्न चाँहि सकिन्छ । तपाइँसँग आईफोन ८ वा यसअघिका भर्जन वा एसई मोडल छ भने तपाईँको काम सजिलो हुन सक्छ । आईफोनको गृह बटनमा डबल क्लिक गर्नुस् । यसपछि एप स्विचर खुल्नेछ । यहाँ तपाईंले पृष्ठभूमिमा चलिरहेका सबै एपहरू देख्न सक्नु हुनेछ । सिंगल एप बन्द गर्न एप कार्डमा ट्याप गर्नुस् अनि माथितिर स्वाइप गर्नुस् । सकेसम्म धेरै औँला एकै पटकमा चलाएर धेरैओटा एपलाई बन्द गर्न सकिन्छ ।
आईफोन एक्स वा यसपछिका भर्जनमा होम बटन छैन । यी फोनमा चलिरहेका एपहरु बन्द गर्न अलि बढी मेहनत गर्नुपर्छ । फोनको स्क्रीनमा तलबाट माथितिर स्वाइप गर्नुपर्छ । यसपछि ब्याकग्राउन्डमा चलिरहेका एपहरू देखिनेछन् । यी सबैलाई पनि एकेक गरेर बन्द गर्नु पर्नेछ । एक साथ बन्द गर्न भने एकै पटक धेरै ओटा औँला चलाउनु पर्नेछ । मुख्य कुरा यही हो कि आईफोनमा सबै एपहरू एकै पटक बन्द गर्ने विकल्प नै छैन । ब्याकग्राउन्डमा खुलेको भन्दैमा एप चलिरहेको वा काम गरिरहेको छ भन्ने पनि हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण