आइफोनमा खुलिरहेका सबै एप एकैसाथ यसरी गर्नुस् बन्द

काठमाडौँ । एन्ड्रोइड फोनमा ब्याकग्राउन्डमा चलिरहेका एपहरू एकैसाथ बन्द गर्न निकै सजिलो छ । तर आइफोनमा यसो गर्न अलि समस्या हुन्छ, गाह्रो हुन्छ आजको यस लेखमा रिपोर्टमा आईफोनमा खुलिरहेका सबै एपहरू कसरी बन्द गर्ने भन्ने विषयमा कुराकानी गर्न लागेका छौँ ।
खासमा भन्ने हो भने सबै एपहरू एकै पटक बन्द गर्न मिल्ने आईफोनमा त्यस्तो कुनै सुविधा छैन । तर केही ट्रिकका मद्दतले यस्तो गर्न चाँहि सकिन्छ । तपाइँसँग आईफोन ८ वा यसअघिका भर्जन वा एसई मोडल छ भने तपाईँको काम सजिलो हुन सक्छ । आईफोनको गृह बटनमा डबल क्लिक गर्नुस् । यसपछि एप स्विचर खुल्नेछ । यहाँ तपाईंले पृष्ठभूमिमा चलिरहेका सबै एपहरू देख्न सक्नु हुनेछ । सिंगल एप बन्द गर्न एप कार्डमा ट्याप गर्नुस् अनि माथितिर स्वाइप गर्नुस् । सकेसम्म धेरै औँला एकै पटकमा चलाएर धेरैओटा एपलाई बन्द गर्न सकिन्छ ।
आईफोन एक्स वा यसपछिका भर्जनमा होम बटन छैन । यी फोनमा चलिरहेका एपहरु बन्द गर्न अलि बढी मेहनत गर्नुपर्छ । फोनको स्क्रीनमा तलबाट माथितिर स्वाइप गर्नुपर्छ । यसपछि ब्याकग्राउन्डमा चलिरहेका एपहरू देखिनेछन् । यी सबैलाई पनि एकेक गरेर बन्द गर्नु पर्नेछ । एक साथ बन्द गर्न भने एकै पटक धेरै ओटा औँला चलाउनु पर्नेछ । मुख्य कुरा यही हो कि आईफोनमा सबै एपहरू एकै पटक बन्द गर्ने विकल्प नै छैन । ब्याकग्राउन्डमा खुलेको भन्दैमा एप चलिरहेको वा काम गरिरहेको छ भन्ने पनि हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण