आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक स्थगित

शुक्रबार, ११ फागुन २०८०, ११ : ४१
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको । आइतबार बिहान बस्छ’, रातोपाटीसँग उनले भने । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप