सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बोइङ ७३७ म्याक्सका हाकिमले दिए राजीनामा

शुक्रबार, ११ फागुन २०८०, १२ : २१
शुक्रबार, ११ फागुन २०८०

वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त ७३७ म्याक्स विमान हेर्ने कार्यक्रमका हाकिमले राजीनामा दिएका छन् । जनवरीमा आकाशमै उडिरहेकै बेलामा ७३७ म्याक्सको ढोकै उडेपछि बोइङमाथि दबाब बढिरहेको थियो । यस्तैमा एड क्लर्कले राजीनामा दिएका हुन् । 

बोइङको व्यावसायिक विमान एकाईमा व्यापक हेरफेरको योजनाअन्तर्गत क्लार्कले बुधबार राजीनाम दिएका हुन् । विमानको स्तर र सुरक्षा पाटो सुधार्न हेरफेर गर्न लागिएको कम्पनीले बताएको छ । 

यतिबेला कम्पनीले नियामकहरूसँग भेटघाटको तयारी गरिरहेको छ । अलस्का एयरलाइन्सको ७३७ म्याक्स विमान आकाशमा उडिरहेको बेलामा ढोका फुत्किएर बेपत्ता भयो । 

यो लगत्तै पाइलटले विमानको आकस्मिक अवतरण गराए । यस घटनामा विमान क्रु वा सवार यात्रुहरू कसैलाई पनि चोटपटक लागेन । तर यस घटनाले बोइङको चर्चित विमान मोडल ७३७ म्याक्सको उत्पादन प्रक्रियामा प्रश्नहरू उठ्न थाले । सन्  २०१८ र सन् २०१९ मा यही विमान दुर्घटनाग्रस्त हुँदा ३४६ जनाभन्दा धेरैको मृत्यु भएको थियो भने विश्वभर विमान २० विमानसम्म ग्राउन्डेड गर्नु परेको थियो । अलस्का एयरलाइन्सको घटनाले ७३७ म्याक्सीमाथि छानबिन बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप