बोइङ ७३७ म्याक्सका हाकिमले दिए राजीनामा
वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त ७३७ म्याक्स विमान हेर्ने कार्यक्रमका हाकिमले राजीनामा दिएका छन् । जनवरीमा आकाशमै उडिरहेकै बेलामा ७३७ म्याक्सको ढोकै उडेपछि बोइङमाथि दबाब बढिरहेको थियो । यस्तैमा एड क्लर्कले राजीनामा दिएका हुन् ।
बोइङको व्यावसायिक विमान एकाईमा व्यापक हेरफेरको योजनाअन्तर्गत क्लार्कले बुधबार राजीनाम दिएका हुन् । विमानको स्तर र सुरक्षा पाटो सुधार्न हेरफेर गर्न लागिएको कम्पनीले बताएको छ ।
यतिबेला कम्पनीले नियामकहरूसँग भेटघाटको तयारी गरिरहेको छ । अलस्का एयरलाइन्सको ७३७ म्याक्स विमान आकाशमा उडिरहेको बेलामा ढोका फुत्किएर बेपत्ता भयो ।
यो लगत्तै पाइलटले विमानको आकस्मिक अवतरण गराए । यस घटनामा विमान क्रु वा सवार यात्रुहरू कसैलाई पनि चोटपटक लागेन । तर यस घटनाले बोइङको चर्चित विमान मोडल ७३७ म्याक्सको उत्पादन प्रक्रियामा प्रश्नहरू उठ्न थाले । सन् २०१८ र सन् २०१९ मा यही विमान दुर्घटनाग्रस्त हुँदा ३४६ जनाभन्दा धेरैको मृत्यु भएको थियो भने विश्वभर विमान २० विमानसम्म ग्राउन्डेड गर्नु परेको थियो । अलस्का एयरलाइन्सको घटनाले ७३७ म्याक्सीमाथि छानबिन बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण