४१५० मिटरको उचाइमा व्यावसायिक फुटबल, कोपा लिबर्टाडोरेसमा बन्यो कीर्तिमान
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाले समुद्री सतहबाट चार हजार एकसय ५० मिटरको उचाइमा सुविधा सम्पन्न फुटबल रंगशाला बनाएको छ । उक्त रंगशाला बोलिभियाको चर्चित सहर एल अल्टोमा निर्माण गरिएको छ ।
त्यो रंगशालाको नाम ‘एल अल्टो म्युनिसिपल स्टेडियम’ राखिएको छ । सोही रंगशालामा मंगलबार राति व्यावसायिक फुटबल खेलिएपछि कोपा लिबर्टाडोरेसमा कीर्तिमान बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण अमेरिकी क्षेत्रमा कोपा लिबर्टाडोरेस युरोपियन व्यावसायिक फुटबलको च्याम्पियन्स लिग बराबरको प्रतियोगिता हो । त्यो रंगशालामा बोलिभियन क्लब अलवेज रेडी र पेरुको क्लब स्पोर्टिङ क्रिस्टलबिच व्यावसायिक फुटबल खेलाइएको थियो ।
यसअघि कोपा लिबर्टाडोरेसको कुनै पनि खेल यति उचाइमा खेलाइएको थिएन । पेरुमा भने त्योभन्दा पनि उचाइमा सुविधा सम्पन्न फुटबल रंगशाला बनाइएको छ । पेरुको सेरो डी पास्कोमा बनाइएको फुटबल रंगशाला समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाइमा छ ।
तर, पेरुको त्यो रंगशालामा हालसम्म कोपा लिबर्टाडोरेसको कुनै खेल खेलाइएको छैन । अलवेज रेडी र स्पोर्टिङ क्रिस्टलबिच भएको खेल पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा भने बोलिभियन क्लब अलवेज रेडी हाबी भएको थियो ।
उक्त खेलमा घरेलु क्लब अलवेज रेडी ६–१ गोलले विजयी भएको थियो । ‘अत्यधिक उचाइमा फुटबल खेल्न निकै गाहृो हुन्छ । अक्सिजनको अभाव हुने भएकाले खेलाडीले स्वाभाविक प्रदर्शन गर्न सक्दैनन् । त्यसैले हाम्रा खेलाडीले राम्रो खेल्न सकेनन्,’ खेलपछि स्पोर्टिङ क्रिस्टलका प्रमुख प्रशिक्षक एन्डर्सन मोरेइराले भनेका छन् ।
२२ हजार दर्शक क्षमताको ‘एल अल्टो म्युनिसिपल स्टेडियम’ को निर्माण सन् २०१३ को डिसेम्बर १ मा थालिएको थियो । रंगशालाको निर्माण कार्य सन् २०१७ को जुलाईमा सम्पन्न भएको थियो । रंगशाला निर्माण गर्न ८० लाख अमेरिकी डलर खर्च गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण