श्रम मन्त्रालयको पुनर्संरचना सुरु
काठमाडौँ । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ । वैदेशिकका साथै आन्तरिक रोजगारी प्रवर्धन पनि यो मन्त्रालयको जिम्मेवारी हो । अहिलेसम्म वैदेशिक रोजगारीमा जति सक्दो नेपाली युवालाई पठाउने योजना बुने पनि श्रम मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्धनतर्फ खासै रुचि देखाएको छैन ।
आन्तरिक रोजगारी प्रवर्धनतर्फ सक्रिय रूपमा काम गर्ने गरी मन्त्रालयको पुनर्संरचनाको काम थालिएको हो । वैदेशिक रोजगारीसँग सम्बन्धित थुप्रै काम श्रम मन्त्रालयले गरे पनि आन्तरिकतर्फ भने उल्लेखनीय रूपमा काम गर्न नसकिएको मन्त्रालयका अधिकृतहरू स्वीकार गर्छन् ।
मन्त्रालयका उपसचिव तथा मन्त्रालय पुनर्संरचना समितिका सदस्य सचिव दीपक ढकालका अनुसार आन्तरिक रोजगारी प्रवर्धनका लागि 'आन्तरिक रोजगारी प्रवर्धन महाशाखा थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी भएको छ । पुनर्संरचनाका लागि मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति लिएर काम अघि बढिसकेको छ । कार्ययोजना तय भइसकेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् मा प्रस्ताव गरिनेछ,' उनले भने । आन्तरिक रोजगार प्रवर्धन महाशाखाले प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत आन्तरिकतर्फका कार्यक्रम हेर्ने गरी कार्ययोजना तयार गरिएको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण