अन्तिम बलमा छक्का प्रहार गर्दै साबिक विजेता मुम्बई विजयी
बैंगलुरु । वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को सिजन २ को उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । यो रोमाञ्चक खेलमा टोलीलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो । यस्तो अवस्थामा सजिवन सजनाले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाइन् ।
बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनको लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान हरमनप्रीत कौरले ३४ बलमा ५५ रन र ओपनर यास्तिका भाटियाले ४५ बलमा ५७ रन जोडिन् । यसअघि नताली सिभर ब्रन्ट र अमेलिया केरले २–२ विकेट लिएका थिए । कप्तान हरमनप्रीत कौर खेलको उत्कृष्ट खेलाडी घोषित भइन् ।
१७२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको टप मिडल अर्डरमा ३ ठूला साझेदारी भएको थियो । यी साझेदारीका कारण मुम्बईले जित हासिल गर्न सक्यो। शून्य रनमा म्याथ्युजको विकेट गुमाएपछि यास्तिका भाटियाले दोस्रो विकेटका लागि नताली सिभर ब्रन्टसँग ३५ बलमा ५० रन र तेस्रो विकेटका लागि रसँग ४५ बलमा ५६ रनको साझेदारी गरिन् । त्यसपछि चौथो विकेटका लागि हरमनप्रीत र अमेलिया केरबीच २८ बलमा ४४ रनको महत्त्वपूर्ण साझेदारी भयो।
दिल्लीका लागि शीर्ष क्रमकी ब्याट्सम्यान एलिस क्याप्सीले अर्धशतकीय पारी खेलिन् । उनले ५३ बलमा ७५ रनको पारी खेलिन् । जसमा ३ छक्का र ८ चौका थिए । क्याप्सीका अलावा जेमिमाह रोड्रिग्वेजले ४२ रन बनाइन् । कप्तान मेग ल्यानिङले ३१ रनको योगदान दिएकी थिइन् ।
शीर्षक्रममा क्याप्सीले दुई महत्त्वपूर्ण अर्धशतकीय साझेदारी गरिन् । उनले दोस्रो विकेटका लागि कप्तान मेग ल्यानिङसँग ५१ बलमा ६४ र तेस्रो विकेटका लागि जेमिमाह रोड्रिग्वेजसँग ४० बलमा ७४ रनको साझेदारी गरिन् । मुम्बई इन्डियन्सकी नताली सिभर ब्रन्ट र अमेलिया केरले २–२ विकेट लिए । शबनिम इस्माइलले सफलता हात पारिन्।
दोस्रो खेल शनिबार रोयल च्यालेन्जर्स बैंग्लोर र युपी वारियर्सबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण