चार मुक्तक
१)
सुखी जीवन बन्छ जहाँ मेल हुन्छ विचारमा।
त्यस्तो व्यक्ति भेटिन्छ कि रैछ भने संसारमा ।
कठिन यात्रा जिन्दगीको सरल लाग्थ्यो पक्कै,
जीवन संगिनी उनैको बन्न पाए अधिकारमा ।
२)
पिरतीको सौगात वर्षे झुपडी पनि दरबार हुन्छ,
जसले दिन्छ खुसी त्यै जिन्दगीको हकदार हुन्छ ।
लोभीलाई धनै प्यारो हितकारीलाई मात्र मनको,
प्रियसीलाई त प्रियतमको हृदय नै सरकार हुन्छ ।
३)
दुधे बच्चा छोडी बिदेसिने कुनै आमाको रहर हँुदैन,
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हँुदैन ।
पुरुषबाटै शोषित पीडित कैयौँ नारी छन् प्रवासमा,
उनको त्याग अनि साहसको किन यहाँ कदर हँुदैन ।
४)
शासन उस्तै छ यहाँ पुरानो व्यवस्था फाले पनि,
नौलो समाज व्यवस्था जन्मेन खै बन्दुक उचाले पनि ।
मजदुर वर्गलाई दास बनाएकै छ अझै त्यै पुँजीवादले,
यिनै गुनासो पोख्दै आसुँ झार्छिन् नेपाल आमाले पनि ।
(खजुरा बाँके ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण