सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मुक्तक

चार मुक्तक

शनिबार, १२ फागुन २०८०, ०६ : ३०
शनिबार, १२ फागुन २०८०

१) 
सुखी जीवन बन्छ जहाँ मेल हुन्छ विचारमा। 
त्यस्तो व्यक्ति भेटिन्छ कि रैछ भने संसारमा ।
कठिन यात्रा जिन्दगीको सरल लाग्थ्यो पक्कै,
जीवन संगिनी उनैको बन्न पाए अधिकारमा ।

२)
पिरतीको सौगात वर्षे झुपडी पनि दरबार हुन्छ, 
जसले दिन्छ खुसी त्यै जिन्दगीको हकदार हुन्छ । 
लोभीलाई धनै प्यारो हितकारीलाई मात्र मनको,
 प्रियसीलाई त प्रियतमको हृदय नै सरकार हुन्छ ।

३) 
दुधे बच्चा छोडी बिदेसिने कुनै आमाको रहर हँुदैन, 
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हँुदैन ।
पुरुषबाटै शोषित पीडित कैयौँ नारी छन् प्रवासमा, 
उनको त्याग अनि साहसको किन यहाँ कदर हँुदैन । 

४)
शासन उस्तै छ यहाँ पुरानो व्यवस्था फाले पनि,
नौलो समाज व्यवस्था जन्मेन खै बन्दुक उचाले पनि ।
मजदुर वर्गलाई दास बनाएकै छ अझै त्यै पुँजीवादले,
यिनै गुनासो पोख्दै आसुँ झार्छिन् नेपाल आमाले पनि । 
(खजुरा बाँके ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप