प्रसूति गृहबाट बच्चा चोरीको आरोपीले भनिन्–‘जंगलमा भेटेको हुँ’

काठमाडौँ । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरेको आरोपमा प्रहरीले मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंह दैलेखकी स्थानीय हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरिन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ तर, चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारीलाई पक्राउ गरेको छ । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘चोरीमा अहिलेसम्म श्रीमानको भूमिका देखिँदैन ।’
चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला अहिले टेकुस्थित काठमाडौँ प्रहरीको कस्टडीमा छन् । प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गरेको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’
मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिने छोरी चोरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ