अपराध
थापाथलीबाट २६ दिनको बच्चा चोरी
शुक्रबार, ११ फागुन २०८०, १७ : ४७
काठमाडौँ । काठमाडौँको थापाथलीबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो ।
काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ ।
अपरिचित महिलाले ‘एकपछि म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण