सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

थापाथलीबाट २६ दिनको बच्चा चोरी

शुक्रबार, ११ फागुन २०८०, १७ : ४७
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । काठमाडौँको थापाथलीबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो । 

काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ ।

अपरिचित महिलाले ‘एकपछि म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन्  । अनुसन्धान अधिकृतहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप