डा.शशांकको चियापानमा देउवाको धन्यवाद
काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्यहरूको सम्मानमा पूर्व महामन्त्री डा.शशांक कोइरालाले शनिबार राजधानीमा चियापान आयोजना गरेका छन् । चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ, महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो ।
चियापानमा छोटो मन्तव्य दिंदै डा. कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताए । मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको जिकिर गर्दै उनले देशको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
महासमिति सदस्यहहरूलाई उत्साह बोकेर फर्कन भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन अनुरोध गरे । कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको दाबी छ । “विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँले जस्तो दुःख हामीले पाएका छौ ? तसर्थ उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन”, उनले भने । उनले संघर्ष गर्न सिक्नुपर्नेमा जोड दिए ।
चियापानमा धन्यवाद दिन सभापति देउवालाई भनिएको थियो । तर देउवाले बसेको आसनबाटै धन्यवाद दिएको कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सुनाए । स्वागत भने खडकाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण