फिल्ममा होइन सेनामा भर्ना हुन चाहन्थिन् जया बच्चन
मुम्बई । दिग्गज अभिनेत्री जया बच्चन र छोरी श्वेता बच्चन नन्दा हालै नातिनी नव्या नवेली नन्दाको पोडकास्ट शोमा देखिएकी थिइन् । कार्यक्रममा कुराकानीका क्रममा तीनै जनाले लैङ्गिकताका नाममा फैलिएको रूढीवादको बारेमा कुरा गर्नुका साथै आफ्ना अनुभव पनि साझा गरेका थिए ।
श्वेतालेले भनिन्– आमा फिल्ममा होइन आर्मीमा जान चाहनुहुन्थ्यो । तर त्यतिबेला नर्स बन्न मात्रै भर्ना हुन्थ्यो ।’
यसैबिच जयाले पनि सेनामा भर्ना हुने इच्छाबारे खुलेर बताइन् । उनले भनिन्, ‘त्यसबेला केटा र केटीबिचको भेदभावका कारण धेरै कुराको सामना गर्नुपरेको थियो । नर्सिङको काम महिलाका लागि मात्रै थियो । मलाई त्यो समय अझै याद छ जब म निकै निराश थिएँ किनभने म सेनामा भर्ना हुन चाहन्थेँ । तर त्यतिबेला उनीहरुले महिलालाई नर्सको रुपमा मात्र भर्ना गरेका थिए । जयाले परम्परागत रूपमा पुरुषप्रधान क्षेत्रमा महिलाहरूले सामना गर्ने बाधाहरूको बारेमा पनि अनुभव सुनाइन् ।
यता श्वेताले भनिन्, ‘पहिले कारमा एकजना पुरुष छेउमा बसेको र महिलाले कार चलाएको देख्दा अनौठो लाग्थ्यो । पहिले यस्तो हुन्थ्यो तर अहिले त्यस्तो छैन । हामीले धेरै प्रगति गरेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण