शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममा होइन सेनामा भर्ना हुन चाहन्थिन् जया बच्चन

शनिबार, १२ फागुन २०८०, १२ : २७
शनिबार, १२ फागुन २०८०

मुम्बई । दिग्गज अभिनेत्री जया बच्चन र छोरी श्वेता बच्चन नन्दा हालै नातिनी नव्या नवेली नन्दाको पोडकास्ट शोमा देखिएकी थिइन् । कार्यक्रममा कुराकानीका क्रममा तीनै जनाले लैङ्गिकताका नाममा फैलिएको रूढीवादको बारेमा कुरा गर्नुका साथै आफ्ना अनुभव पनि साझा गरेका थिए । 

श्वेतालेले भनिन्– आमा फिल्ममा होइन आर्मीमा जान चाहनुहुन्थ्यो । तर त्यतिबेला नर्स बन्न मात्रै भर्ना हुन्थ्यो ।’  

यसैबिच जयाले पनि सेनामा भर्ना हुने इच्छाबारे खुलेर बताइन् । उनले भनिन्, ‘त्यसबेला केटा र केटीबिचको भेदभावका कारण धेरै कुराको सामना गर्नुपरेको थियो । नर्सिङको काम महिलाका लागि मात्रै थियो । मलाई त्यो समय अझै याद छ जब म निकै निराश थिएँ किनभने म सेनामा भर्ना हुन चाहन्थेँ । तर त्यतिबेला उनीहरुले महिलालाई नर्सको रुपमा मात्र भर्ना गरेका थिए । जयाले परम्परागत रूपमा पुरुषप्रधान क्षेत्रमा महिलाहरूले सामना गर्ने बाधाहरूको बारेमा पनि अनुभव सुनाइन् । 

यता श्वेताले भनिन्, ‘पहिले कारमा एकजना पुरुष छेउमा बसेको र महिलाले कार चलाएको देख्दा अनौठो लाग्थ्यो । पहिले यस्तो हुन्थ्यो तर अहिले त्यस्तो छैन । हामीले धेरै प्रगति गरेका छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप