बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लोकसभा चुनावका लागि आम आदमी पार्टी र कांग्रेसबिच सिट बाँडफाँडमा सहमति

दिल्लीमा दुवै दल मिलेर चुनाव लड्ने
शनिबार, १२ फागुन २०८०, १२ : ५८
शनिबार, १२ फागुन २०८०

नयाँ दिल्ली । आम आदमी पार्टी र कांग्रेसबिच आगामी लोकसभा चुनावका लागि सिट बाँडफाँडलाई लिएर सहमति भएको छ । आम आदमी पार्टी र कांग्रेसले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

दिल्लीमा दुवै दल मिलेर चुनाव लड्नेछन् । आम आदमी पार्टीले चार सिटमा चुनाव लड्नेछ भने कांग्रेसले तीन सिटमा प्रतिस्पर्धा गर्नेछ । गुजरातको २६ सिटमध्ये २४ सिटमा कांग्रेसले चुनाव लड्नेछ भने आम आदमी पार्टीले दुई सिटमा प्रतिस्पर्धा गर्नेछ ।

हरियाणामा कांग्रेसले ९ सिट र आम आदमी पार्टीले एउटा सिटमा चुनाव लड्नेछ । चण्डीगढमा कांग्रेसले मात्र चुनाव लड्नेछ भने गोवामा पनि कांग्रेसका उम्मेदवारहरू मात्रै उम्मेदवार हुनेछन्। जबकि पञ्जाबमा दुवै दलले छुट्टाछुट्टै चुनाव लड्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप