लोकसभा चुनावका लागि आम आदमी पार्टी र कांग्रेसबिच सिट बाँडफाँडमा सहमति
दिल्लीमा दुवै दल मिलेर चुनाव लड्ने
शनिबार, १२ फागुन २०८०, १२ : ५८
नयाँ दिल्ली । आम आदमी पार्टी र कांग्रेसबिच आगामी लोकसभा चुनावका लागि सिट बाँडफाँडलाई लिएर सहमति भएको छ । आम आदमी पार्टी र कांग्रेसले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।
दिल्लीमा दुवै दल मिलेर चुनाव लड्नेछन् । आम आदमी पार्टीले चार सिटमा चुनाव लड्नेछ भने कांग्रेसले तीन सिटमा प्रतिस्पर्धा गर्नेछ । गुजरातको २६ सिटमध्ये २४ सिटमा कांग्रेसले चुनाव लड्नेछ भने आम आदमी पार्टीले दुई सिटमा प्रतिस्पर्धा गर्नेछ ।
हरियाणामा कांग्रेसले ९ सिट र आम आदमी पार्टीले एउटा सिटमा चुनाव लड्नेछ । चण्डीगढमा कांग्रेसले मात्र चुनाव लड्नेछ भने गोवामा पनि कांग्रेसका उम्मेदवारहरू मात्रै उम्मेदवार हुनेछन्। जबकि पञ्जाबमा दुवै दलले छुट्टाछुट्टै चुनाव लड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण