आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
इन्टरनेशनल डेको रौनक, तस्बिरहरू
फोटोफिचर

इन्टरनेशनल डेको रौनक, तस्बिरहरू

शनिबार, १२ फागुन २०८०

काठमाडौँ । विभिन्न ३० देशका जानकारी सहितका स्टल । ती स्टलमा देश अनुसार पोसाकमा सजिएका विद्यार्थी र खानेकुरा । इन्टरनेशनल डे अर्थात् अन्तर्राष्ट्रिय दिवसको अवसरमा बौद्ध इन्टरनेशनल स्कुलमा आयोजित कार्यक्रमको दृश्य हो यो।

माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता र संलग्नतामा यो वर्षको दोस्रो संस्करणमा विद्यार्थीहरूले विश्वका विभिन्न ३० देशको प्रतिनिधित्व गरेका हुन् । विद्यार्थीलाई विभिन्न देशका संस्कृति, भेषभूषा, खानाका साथै राजनैतिक अवस्था र प्रमुख आकर्षणको बारेमा जानकारी यी स्टलबाट दिइएको थियो ।

"हामीले विद्यार्थीको शैक्षिक विकास मात्रै नभई अतिरिक्त विषयको बारेमा जानकारी दिनको लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । कुल ३० देशलाई प्रतिनिधित्व गर्दै हामीले स्टल राखेका छौँ," हरि लामा बौद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया