बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग समाजवादी मोर्चाको आग्रह

आइतबार, १३ फागुन २०८०, १० : ५८
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । समाजवादी मोर्चाले मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहँदासमेत समाधान नभएको भन्दै तत्काल समाधानका लागि पहल गर्न मोर्चाले आग्रह गरेको हो ।

समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति हुने गरेपनि पीडितका समस्या समाधान हुन नसकेको स्पष्ट पार्दै मोर्चाले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गर्न जोडदार माग गरेको छ । 

‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् । समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन् । तथापि पीडित जनताका समस्या समाधान हुन सकेका छैनन्’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘हालै देशभरबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिँडाइ पछि काठमाडौँ पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । साथै सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस् भन्ने जोडदार आग्रह गर्दछ’। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप