तत्काल मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग समाजवादी मोर्चाको आग्रह
काठमाडौँ । समाजवादी मोर्चाले मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहँदासमेत समाधान नभएको भन्दै तत्काल समाधानका लागि पहल गर्न मोर्चाले आग्रह गरेको हो ।
समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति हुने गरेपनि पीडितका समस्या समाधान हुन नसकेको स्पष्ट पार्दै मोर्चाले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गर्न जोडदार माग गरेको छ ।
‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् । समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन् । तथापि पीडित जनताका समस्या समाधान हुन सकेका छैनन्’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘हालै देशभरबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिँडाइ पछि काठमाडौँ पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । साथै सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस् भन्ने जोडदार आग्रह गर्दछ’।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण