सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसधारणका लागि बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) आजबाट सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।
कम्पनीको प्रिमियम मूल्य ३६०.९० रुपैयाँमा तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ ।
पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
तेस्रो चरणमा बिक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ । यी बाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्काशनमा ल्याएको हो ।
फागुन १३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको कम्पनीको सेयरका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । तथापि, माग गरेअनुसार आवेदन नपरेमा भने ढिल्लोमा फागुन २७ गतेसम्म बिक्री लम्बिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण