मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र युवती मृत भेटिइन्

आइतबार, १३ फागुन २०८०, २१ : ००
आइतबार, १३ फागुन २०८०

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए । 

अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताए । वडा कार्यालयको सीसीटीभी फुटेज जाँचसँगै मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप