इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन
काठमाडौँ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम-२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।
इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ’,निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण