२६ अंक माथिले घटेर नेप्से सूचक १९ सयको बिन्दुमा ओर्लियो, ३ अर्बको कारोबार
काठमाडौँ । लगातारको गिरावटसँगै सेयर बजार परिसूचक नेप्से १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ ।
मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न पुगेको हो ।
आज कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएकोमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४० प्रतिशत र ०.८० प्रतिशतले वृद्धि भएका छन् ।
आज कूल २४८ कम्पनी दोस्रो बजारमा भाग लिएकामा २०६ कम्पनीको मूल्य घटेको छ भने ३८ कम्पनीको बढेको र ४ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज बोटर्लस नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण