जिमेलको विकल्पमा ‘एक्समेल’ ल्याउँदैछन् मस्क
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले गुगलको लोकप्रिय इमेल जिमेलको विकल्प ल्याउँदैछन् । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सका सीईओ एलोन मस्कले ‘एक्समेल’ लन्च गर्ने घोषणा गरेका हुन् ।
एक्सको इमेलले गुगलको फ्ल्यागशिप जिमेल सेवाले कडा प्रतिस्पर्धाको सामना गर्ने अड्कलबाजी सुरु भएको छ । मस्कले शुक्रबार गुगललाई धम्की दिँदै आफ्नो एक्स प्लेटफर्मले छिट्टै जिमेलको विकल्प ल्याउने बताएका थिए । एक्सलाई इमेल सेवा ल्याउने योजना बनाइरहेको हो भनेर सोधिएको प्रश्नको जवाफमा छिट्टै इमेल सेवा आउने बताएको थियो ।
समाचार एजेन्सी आईएएनएसका अनुसार एक्सको इन्जिनियरिङ र सुरक्षा टोलीका सदस्य न्याट मयकग्राडीले एक्समा ‘हामी कहिले एक्समेल बनाउँदैछौँ ?’ भन्ने पोस्ट गरेका थिए । यसको जवाफमा मस्कले आउँदैछ भनेका थिए ।
गूगलको जिमेल बन्द हुने हल्ला चलिरहेकै बेलामा एक्समेलको कुरा उठेको थियो थियो । हालैका दिनमा सामाजिक सञ्जालमा यो वर्षको अन्त्यतिर जिमेल बन्द हुने झुटो इमेलको एउटा स्क्रिनशट भाइरल बनेको थियो । झुटा इमेल भाइरल भएपछि गुगलले जिमेल बन्द नगरिएको स्पष्ट पार्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण