निर्देशक समाजले यादव खरेललाई ‘दीर्घ साघना सम्मान’ दिने

काठमाडौंँ । वरिष्ठ निर्माता/निर्देशक तथा गीतकार यादव खरेललाई ‘दीर्घ साघना सम्मान २०८०’ बाट सम्मानित गरिने भएको छ । चलचित्र निर्देशक समाजले आफ्नो १६ औं बार्षिक उत्सवको अवसर पारेर यहि फागुन २७ गते आयोजना गर्न लागेको एक कार्यक्रममा खरेललाई यो सम्मान दिइने भएको हो ।
नेपाली चलचित्र क्षेत्रमा खरेलले पुर्याएको योगदानको कदर गर्दै समाजले यो सम्मान दिने निर्णय गरेको चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए । कार्यक्रम चलचित्र विकास बोर्डमा आयोजना हुनेछ । कार्यक्रममा समाजले ‘श्रष्ठा सर्जक सम्मान २०८०’ बाट ५ वरिष्ठ चलचित्रकर्मीलाई पनि सम्मान गर्दैछ । जसको नाम अहिले गोप्य राखिएको छ ।
सोही कार्यक्रममा ‘निर्देशक अफ द इयर २०७९’ समेत घोषणा हुनेछ । यसै वर्षबाट समाजले यो घोषणा गर्न लागेको हो । कार्यक्रममा समाजले प्रकाशन गरेको ‘एक्सन कट्’ नामक पुस्तक बिमोचन तथा चलचित्रको प्रदर्शन समेत राखिएको आयोजक पराजुलीले जानकारी दिए । कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै हस्तीहरुको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश