निर्देशक समाजले यादव खरेललाई ‘दीर्घ साघना सम्मान’ दिने
काठमाडौंँ । वरिष्ठ निर्माता/निर्देशक तथा गीतकार यादव खरेललाई ‘दीर्घ साघना सम्मान २०८०’ बाट सम्मानित गरिने भएको छ । चलचित्र निर्देशक समाजले आफ्नो १६ औं बार्षिक उत्सवको अवसर पारेर यहि फागुन २७ गते आयोजना गर्न लागेको एक कार्यक्रममा खरेललाई यो सम्मान दिइने भएको हो ।
नेपाली चलचित्र क्षेत्रमा खरेलले पुर्याएको योगदानको कदर गर्दै समाजले यो सम्मान दिने निर्णय गरेको चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए । कार्यक्रम चलचित्र विकास बोर्डमा आयोजना हुनेछ । कार्यक्रममा समाजले ‘श्रष्ठा सर्जक सम्मान २०८०’ बाट ५ वरिष्ठ चलचित्रकर्मीलाई पनि सम्मान गर्दैछ । जसको नाम अहिले गोप्य राखिएको छ ।
सोही कार्यक्रममा ‘निर्देशक अफ द इयर २०७९’ समेत घोषणा हुनेछ । यसै वर्षबाट समाजले यो घोषणा गर्न लागेको हो । कार्यक्रममा समाजले प्रकाशन गरेको ‘एक्सन कट्’ नामक पुस्तक बिमोचन तथा चलचित्रको प्रदर्शन समेत राखिएको आयोजक पराजुलीले जानकारी दिए । कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै हस्तीहरुको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण