बंगलादेशमा जंगली हात्तीलाई अदालतको संरक्षण
सोमबार, १४ फागुन २०८०, ११ : ४४
ढाका । बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन ।
हात्तीसम्बन्धी सबै अनुमति रोक्का गर्ने उच्च अदालतको निर्णयको पशु अधिकारकर्मी समूहहरुले स्वागत गरेका छन् । बंगलादेशमा हात्तीलाई माग्न लगाउने, सर्कस वा सडकमा हुने प्रदर्शनीहरुमा प्रयोग गर्ने गरिएको छ ।
देशभर जम्मा २०० ओटा मात्रै हात्ती बाँकी छन् । यीमध्ये आधा हात्तीले बन्दी जीवन बिताइरहेका छन् । कुनै सयम बंगलादेश एशियाली हात्तीको सबैभन्दा ठूलो घरमध्ये एक थियो । तर अवैध चोरी शिकारी र बासस्थान नास हुँदै जाँदा हात्तीको संख्या चिन्ताजनक स्तरमा ओर्लिएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण