लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, २ अर्ब बढीको कारोबार
काठमाडौँ । घट्न थालेको छैटौँ दिनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ । लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो ।
आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि ओरालो लाग्दै १९७३ अंकसम्म आइपुगेको थियो । तर, अन्तिम समयमा उकालो लाग्दै १९९२ अंकमा पुगेर सेयर परिसूचक रोकिएको हो ।
यसअघि, सेयर बजार परिसूचक यही फागुन २ गते ५.९१ अंकले बढेको थियो । त्यसयताका ६ कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आइरहेको थियो । आज भने उत्साहजनक रूपमा बढ्यो । यसक्रममा १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।
सेयर सूचक बढ्दा कारोबार रकम भने २ अर्ब १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, जम्मा ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ । यता बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य आज पनि १० प्रतिशतले बढेको छ । कित्तामा १४७५ रुपैयाँ बढेसँगै यो कम्पनीको मूल्य १६हजार २३२ रुपैयाँ पुगेको छ ।
यता समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले खुम्चिएको छ । यो कम्पनीको सेयर मूल्य १९५ रुपैयाँ प्रतिकित्ताले घटेसँगै १७ सय ६२ रुपैयाँ कायम भएको छ । आज ३ वटा समूहको सेयर मूल्य भने घटेको छ । वित्त समूह, लघुवित्त समूह र म्यूचुअल फन्ड समूहको सेयर मूल्य घटेको हो । यसबाहेकका सबै समूहमा सुधार आएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण