सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सीडी रेसियोको नयाँ व्यवस्थाले नै बैंकलाई बचायो : गभर्नर अधिकारी

सोमबार, १४ फागुन २०८०, १६ : ११
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) को नयाँ व्यवस्थाले नै अहिले बैंकलाई बचाउने काम गरेको दाबी गरेका छन् । बैंकहरुविरुद्ध अफवाह फैलिराख्दा निक्षेपकर्ताले केहीँ वीथ ड्र (निक्षेप झिक्दा) यहीँ सीडी रेसियोले बचाएको उनले बताए । 

‘केन्द्रीय बैंकले सीडीसी रेसियो (कर्जा/निक्षेप/पुँजी) को ८५ प्रतिशतको व्यवस्था खारेज गर्दै ९० प्रतिशतको सीडी रेसियोको नयाँ व्यवस्था किन गर्यो, बल्ल चाल पाउँदै हुनुहुन्छ । जति बेला सीडी रेसियोको नयाँ व्यवस्था ल्याइयो त्यतिबेला खुब विरोध गर्नुभयो । कति आफैले लेख्नुभयो कति अरुलाई लेख्न लगाउनुभयो । खास केन्द्रीय बैंकले यस्तो व्यवस्था किन ल्याएको रहेछ बल्ल चाल पाउनु भयो होला’ नामै किटेर गभर्नर अधिकारीले भने, ‘अहिले एनआईसी एसिया बैंक विरुद्ध जुन आक्रमण भइरहेको छ यसले निक्षेपकर्ताहरु त्रसित छन् । यसै बीचमा बैंकबाट हालसम्म कम्तीमा २७ अर्ब रुपैयाँ वीथ ड्र भइसकेको छ । तर, बैंकलाई यहीँ सीडी रेसियोको व्यवस्थाले बचाएको छ ।’  

वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघको आयोजनामा पछिल्लो समय बैंकहरुमाथि भइरहेको आक्रमणको मुद्दामा केन्द्रित छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । सोही अवसरमा गभर्नर अधिकारीले कुनै एक बैंकमाथि भएको सुनियोजित आक्रमणबाट कोहीँ पनि उत्जेजित नहुन समेत आग्रह गरे । 

‘कुनै एक बैंकमाथि भएको आक्रमणबाट खुशी नमान्नुहोस् । अर्कोलाई खाने बाघले तपाईलाई पनि खान सक्छ । अन्य बैंक तथा वित्तीय कम्पनीहरुलाई समेत सचेत गराउँदै गभर्नर अधिकारीले केन्द्रीय बैंक सबै बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक भएकाले सबैको रक्षामा उत्रिने बताए । 

नेपालका बैंकहरु डुब्ने स्थितिमा नरहेको र यदि त्यस्तो भएमा पनि निक्षेपकर्ताहरुको निक्षेपको सुरक्षण गर्ने पूर्ण क्षमता रहेको बताउँदै गभर्नर अधिकारीले सो मेकानिजममा केन्द्रीय बैंकसँग रहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप