शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा साधारण सभाबाट २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन

सोमबार, १४ फागुन २०८०, १८ : ३८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो । 

साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।

उनले भने, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०/८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप