एन्फा साधारण सभाबाट २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन
काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उनले भने, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०/८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण