घोडा चोरेर तेस्रो तलाको अपार्टमेन्टमा लुकाउन खोजेपछि...
पोल्यान्ड । हामीले दिनहुँ अचम्म अचम्मको चोरीका घटनाहरूबारे सुनिरहेका छौँ । पोल्यान्डमा एक जना १९ वर्षीय पुरुषले घोडा चोरे । चोरेको घोडा कहाँ लुकाउनु ? मालिकले देखे भने लगिहाल्छन् नि भनेर आफू बस्दै आएका आवासीय भवनको तेस्रो तलास्थित अपार्टमेन्टमा लुकाउन खोजे ।
अपार्टमेन्टको माथिल्लो तलामा एक युवकले घोडालाई लैजान खोजे पछि उक्त भवनमा हल्ला खल्ला मच्चियो । एक जनाले त प्रहरीलाई आकस्मिक फोन नै गरिदिए । सुरुमा त्यस भवनका बासिन्दाहरूले यो एउटा प्र्याङ्क होला भन्ने सोचेका थिए । तर मामिला गम्भीर थियो । वयस्क घोडालाई जर्बजस्ती ती युवक भर्याङ्ग उकाल्दै थिए ।
यो घटनाको छानबिन गर्न प्रहरीले मन नलागी नलागी एउटा टोली पठाइदियो । घटनास्थलमा पुग्दा आफूलाई रोक्न खोजिरहेका छिमेकीहरूसँग ती युवक रिसाइरहेको भेटियो । छानबिनका क्रममा ती युवकले घोडा चोरेर लुकाउन ल्याएको पाइयो । युवकको अपार्टमेन्ट २ बेडरुमको थियो । त्यस्तो ठाउँमा घोडा कसरी राख्छु भन्ने सोचेको होला ?
घोडाको मूल्य ३ हजार ८०० डलर (५ लाख नेपाली रुपैयाँ) आसपास भएको प्रहरीको अनुमान छ । प्रहरीहरूले घोडा त्यसकै मालिकलाई जिम्मा लगाइदिएका थिए । घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोज्ने ‘जिनियस’माथि चोरीको अभियोग लगाइएको छ । उनले ५ वर्षसम्मको जेल सजाय पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण