विद्युत् प्राधिकरणले अघि बढायो १० मेगावाटसम्मका आयोजनाको पीपीए
मङ्गलबार, १५ फागुन २०८०, १० : ४७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले साना जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ ।
९६३औँ सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार प्राधिकरणले मंगलबार एक सूचना जारी गरेर १० मेगावाट क्षमतासम्मका आयोजनाको पीपीएका लागि आउन आह्वान गरेको हो ।
सूचनाअनुसार प्राधिकरणले अब नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त साना आयोजनाको पीपीए गर्ने छ ।
यस्तै, विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका आरओआर र पीआरओआर आयोजनाको उत्पादन क्षमता २५ प्रतिशतसम्म बढे पनि प्राधिकरणले किन्ने भएको छ । यसका लागि सम्झौता संशोधन गर्ने गरी प्राधिकरण अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग
-
प्रचण्डले बाेलाएकाे बैठक अन्तिम समयमा स्थगित
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड
-
फेरि किन सर्यो लोसपाको महाधिवेशन ?
-
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
-
विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !