विद्युत् प्राधिकरणले अघि बढायो १० मेगावाटसम्मका आयोजनाको पीपीए
मङ्गलबार, १५ फागुन २०८०, १० : ४७
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले साना जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ ।
९६३औँ सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार प्राधिकरणले मंगलबार एक सूचना जारी गरेर १० मेगावाट क्षमतासम्मका आयोजनाको पीपीएका लागि आउन आह्वान गरेको हो ।
सूचनाअनुसार प्राधिकरणले अब नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त साना आयोजनाको पीपीए गर्ने छ ।
यस्तै, विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका आरओआर र पीआरओआर आयोजनाको उत्पादन क्षमता २५ प्रतिशतसम्म बढे पनि प्राधिकरणले किन्ने भएको छ । यसका लागि सम्झौता संशोधन गर्ने गरी प्राधिकरण अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण