नेविसंघ अध्यक्ष शेर्पालाई विवाद मिलाउन देउवाको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला समूहका विद्यार्थी नेताहरु बुढानीलकण्ठ पुगेपछि देउवाले संघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।
शेखर समूहका नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएका छन्।
नेविसंघमा देखिएको गुटगत विवादका कारण अध्यक्ष शेर्पाले मंगलबार प्रज्ञा भवन कमलादीमा बोलाएको पहिलो केन्द्रीय समिति बैठक अनिश्चित छ । देउवा निवास पुगेको टोलीमा सहभागी केन्द्रीय सदस्य भुवन भट्टले सभापति देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएको रातोपाटीलाई बताए।
‘मेरो घरमा जुलुस आएको छ, नेविसंघमा के विवाद भएको हो ? त्यो विवाद समाधान गरेर मात्रै बैठक गर्नू,’ सभापति देउवाका भनाइ थियो । नेविसंघ सभापति शेर्पा सोमबारदेखि विवाद समाधानका लागि शेखर समूहसँग निरन्तर छलफलमा छन् । शेखर समूहको आन्तरिक लफडाका कारण विवाद मिलाउन समस्या आएको शेर्पाको भनाइ छ ।
यता शेखर समूहले अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णय उल्लङ्घन गरेपछि विवाद सुरु भएको आरोप लगाएको छ । काठमाडौँ, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, बारा, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंको जिल्ला अध्यक्ष तोकिएको भट्टले बताए ।
महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरू समेत नगरेर आगामी असार १५ मा महाधिवेशनको मिति तोकिएको उनको भनाइ छ । अध्यक्ष शेर्पाले पार्टीको महासमिति बैठकमा नेविसंघको १२ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण