नेविसंघको विवाद मिलाउन अध्यक्ष शेर्पाको दौडधुप, शेखर-गगन समूह नमिल्दा सहमति नभएको आरोप
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) विवाद मिलाउने प्रयास असफल भएको छ । अध्यक्ष दुजाङ शेर्पाले १५ फागुनमा ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ बोलाएपछि नेविसंघको विवाद सतहमा आएको हो ।
तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठकमा नेविसंघको शेखर कोइराला—गगन थापा समूह आफेना मागको सुनुवाइ नभएसम्म सहभागिता नजनाउने अडानमा छ । सोमबार दिनभर अध्यक्ष शेर्पाले शेखर–गगन समूहसँग छलफल गरेपनि सहमति हुन नसकेको नेविसंघ केन्द्रीय सदस्य अनुप सुनुवारले बताए । अध्यक्ष शर्पा निकट सुनुवारले भने, 'अध्यक्षले आज दिनभर शेखर दाइ र गगन दाइको समूहसँग छलफल गर्नुभयो । उहाँलाई मिलेर आउन अध्यक्षले भन्नुभयो । तर उहाँहरू मिलेर नआउँदा सहमति हुन सकेको छैन ।'
शेखर-गगन समूह मिलेर आउँदा सहमतिका लागि आफू तयार गरेको शेर्पाले बताउँदै आएका छन् । शेखर-गगन समूहको आन्तरिक भागबन्डा नमिल्दा नेविसंघ केन्द्रीय समिति बैठकलाई असर परेको शेर्पा पक्षको दाबी छ । उनीहरु मिलेर आउँदा पावरसेरिङका लागि तयार रहेको शर्पाको भनाइ छ । 'उहाँहरुबिच कुरा नमिल्दा केन्द्रीय समिति र महाधिवेशन प्रभावित हुने अवस्था बनेको छ । उहाँको गुटबन्दीले नेविसंघलाई कहिलेसम्म बन्दी बनाउने सोचनीय छ,' सुनुवारले भने ।
यता शेखर–गगन समूहले अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितले गरेको निर्णय उल्लघन गरेपछि विवाद सुरु भएको आरोप लगाएको छ ।
काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, बारा, नवलपरासी (वर्दाघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंको जिल्ला अध्यक्ष तोकिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरु समेत नगरेर आगामी असार १५ मा महाधिवेशनको मिति तोकिएको उनको भनाइ छ । अध्यक्ष शर्माले नेविसंघको १२ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण